अनशन बसेको १८ औँ दिनमा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखियो

  • काठमाडौं ।
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार र राजनैतिक दलले विगतमा आफूसँग गरेका सम्झौता उलंघन गरेको तथा चिकित्सा शिक्षा ऐनको विधयक एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै केसी ११ औँ पटक अनशनमा बसेका हुन् । अनशनको आज १८ औँ दिन हो ।

यसै विषयमा बिहिबार संसद बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले केसीको स्वास्थ्य गम्भीर बन्दै गएको जानकारी गराएका छन् ।

उनले भने, ‘अहिले उहाँको मुटुको चाल बढेको छ, उहाँको रगतमा आवश्यक तत्वको कमी र अनावश्यक तत्व बढ्दै गएको छ, यस्तो अवस्थामा उहाँलाई एन्टिबायोटिक चलाउनुपर्ने अवस्था छ तर उहाँले मान्नुभएको छैन ।’
केसीको मिर्गौलामा समस्या देखिन शुरु भएको छ र यस्तै अवस्था बढ्दै गएमा अनशनपछि पनि अपांगताको खतरा हुन सक्ने सचिव रेग्मीले जानकारी गराएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...