गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खसेर करेन्ट लाग्दा पोखरामा एक जना गम्भीर

  • काठमाडौं । 
पोखरामा गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खस्दा शरिरमा आगो लागेर एक जना घाइते भएका छन् । बिहीबार साँझ पोखराको रानीपौवामा भएको घटनामा पोखरा लेखनाथ महानगरपालिका–२० भलामका २६ वर्षीय विष्णु बास्तोला घाइते भएका हुन् ।

घाइते बास्तोलाको अबस्था गम्भीर रहेको र उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनलाई स्थानीयले उद्धार गरेर मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए ।

महेन्द्रपुलबाट ग.६प. ८१२८ नम्बरको पल्सर मोटरसाईकल चढेर घरतर्फ गइरहेका बास्तोलामाथि रानीपौवा आर्मी क्याम्पअगाडि बिजुलीको तार खसेको थियो । 

थ्रीफेस लाइनको तार चुँडिएर शरीरमा खसेपछि उनी लड्नुका साथै शरीरमा आगो लागेको थियो । घाइते बास्तोला वन क्याम्पस पोखरामा प्राध्यापन गर्छन् भने शिशु निकेतन सेकेण्डरी स्कुल विरौटामा समेत आंशिक शिक्षकका रुपमा कार्यरत रहेको बताइएको छ ।

२०७४ साउन २७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...