काठमाडौंमा भूकम्प गयो !

  • काठमाडौं । 
सोमबार बेलुका काठमाडौंमा भूकम्प गएको छ । तर भूकम्प मापन केन्द्रका अनुसार दोलखा जुगु केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पले काठमाडौं हल्लाएको हो ।

सोमबार बेलुका ५ बजेर ४८ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युटको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।

यो गोरखा भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए। दुई वर्षअघिको ७ दशमलव ६ म्याग्निच्युटको भूकम्पपछि अहिले पनि परकम्प जाने क्रम जारी छ ।

२०७४ भदौ ५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...