कैलालीको खानीडाँडामा बस दुर्घटना, दुईको मृत्यु, २१ घाइते

  • कैलाली ।
कैलालीको खानीडाँडामा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । 

धनगढीबाट डोटीको विपीनगरक लागि छुटेको ना ४ ख ५६३५ नम्बरको कर्णाली रिभर यातायातको  बस सोमबार दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो । २५ जना सवार रहेको बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी डोटी जोरायल गाउँपालिका-५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका-५ की ४८ वर्षीया दुर्गा देवी मल्लको ज्यान गएको हो ।

घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । भने १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२०७४ भदौ ५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...