पत्रकार महासंघको अध्यक्षसहित अधिकांस पदमा आचार्य प्यानल विजयी, कसले कति मत पाए ? हेर्नुहोस् (सूचीसहित)

  • काठमाडौं। 
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी तीर्थ कोइरालालाई हराउँदै अध्यक्षमा प्यानलसहित विजयी प्राप्त गरेका हुन् ।

प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानलबाट चुनाव लडेका आचार्यले ७३२ मत प्राप्त गर्दा प्रेस चौतारीसहितका संयुक्त प्यानलबाट चुनाव लडेका कोइरालाले ६२७ मत प्राप्त गरे ।

अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाए ।नतिजाअनुसार उपाध्यक्ष, महासचिव, सचिव सहित अधिकांस पदमा आचार्य प्यानल विजयी भएको छ । 

उपाध्यक्षमा विपुल पोखरेल ७९६ मतका साथ विजयी भएका छन् भने महासचिवमा रमेश विष्ट ७५१ मतका साथ विजयी बनेका छन् । प्रेस युनियनबाट उम्मेदवार बनेका पोखरेलले प्रेस चौतारीका उपाध्यक्षका उम्मेदवार मातृका पौडेललाई पराजित गरेका छन्।

यस्तै समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट, र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । 

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।

केही खुल्ला केन्द्रीय सदस्यहरुको नतिजा पनि आएको छ । अहिलेसम्म आएको नतिजाअनुसार खुला केन्द्रीय सदस्यमा जन्मदेब जैशी बिजयी भएका छन् । 

सोमबार भएको मतदानमा एक हजार ५०८ मतदातामध्ये कूल एक हजार ४४९ मत खसेको थियो । प्रदेश तर्फका उम्मदेवारहरुको नतिजा पनि सार्बजनिक भएको छ । पछिल्लो मत परिणामअनुसार नतिजा यस्तो छ ।

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)


२०७४ भदौ ६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...