क्रान्तिकारी पत्रकार जैसी महासंघ केन्द्रीय सदस्यमा सर्वाधिक मतले बिजयी (मतपरिणामसहित)

  • राजिब चन्द, काठमाडौँ । 
क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सचिबालय सदस्य तथा उपत्यका बिशेष ब्युरो संयोजक जन्मदेब जैसी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा बिजयी भएका छन् ।

खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका उनि सर्वाधिक ६५१ मत प्राप्त गरी बिजयी भएका छन्। निरन्तर क्रान्तिकारी खेमामा रहेर श्रमजीवी पत्रकारहरुको हक हितका निम्ती लड्ने छबी बनाएका जैसी बामपन्थी पत्रकारहरु माझ लोकप्रिय छन् ।

सोमबार सम्पन्न नेपाल पत्रकार महासंघको २५ औ अधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका जैसी इमान्दार मिडिया डटकमको सम्पादकीय समूहमा आबद्ध छन् ।

यस्तो छ जैसीको जीवनी र पत्रकारिताको इतिहास

नेपालको बिकट भूगोलको रुपमा चिनिएको कर्णाली र त्यसको पनि कान्छो जिल्लाको रुपमा चिनिने कालिकोटको रकु घर भएका जैसी २०५६ साल देखि निरन्तर पत्रकारीता पेशामा क्रियाशील छन् । 

विगत १८ बर्ष देखि निरन्तर पत्रकारीता पेशामा रहेका जन्मदेव जैसीले समदृष्टी, साँघु, जनआह्वान, जनदिशा, प्रकाश साप्ताहीक, नेपाल एफएम, जनादेश साप्ताहीक, सौर्य साप्ताहीकमा लामो समयसम्म सकृय रहेर काम गरिसकेका छन ।

यस्तै जैसीले राजधानी दैनिकको बरिष्ठ उप-सम्पादक भएर ४ बर्ष काम गरे भने कान्तीपुर, गोरखापत्र, नेपालवाणी लगाएतका सञ्चारगृहमा न्युनतम पारिश्रमीक उपलब्ध गराउन लामो समयसम्म चलेको संघर्षको नेतृत्व गर्दै जैसीले श्रमिक पत्रकारहरुको पारिश्रमीक वढाउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

श्रमजीवी पत्रकारहरुको माझमा रहदै पत्रकारीताका अनगन्ती अनुभवहरु संगालिसकेका जैसीले समाचार संकलन गर्ने रिर्पोटर, डेस्कमा बसेर गरिने समाचार सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कुरालाई नजिकवाट अध्ययन गरिसकेका छ ।

श्रमजिवी पत्रकार, मिडियाका लगानीकर्ता र विज्ञापन दाताको अभिष्टलाई राम्रोसंग बुझेका जैसी पत्रकार महासंघको केन्द्रीय सदस्य बन्न पनी सफल भएका छन् ।

यस्तो छ जैसीको मिडिया प्रतिको मान्यता

सञ्चार गृहमा श्रमजिवी पत्रकारहरुको न्युनतम पारिश्रमीक लागु गर्न श्रमजिवी पत्रकार ऐन कार्यन्वयनको पक्षमा आफुलाई दह्रो रुपमा उभ्याएका जैसीले मिडिया हाउसलाई लगानी कर्ता र विज्ञापन दाताको पहुँचभन्दा वाहीर राख्नुपर्ने मान्यता राख्दै आएका छन् । 

केन्द्र तथा ग्रामीण स्तरमा सन्तुलित रुपमा मिडिया तथा पत्रकारीता विकासमा जैसीले जोड दिदै आएका छन् । सञ्चारगृहलाई लगानीकर्ता र विज्ञापन दाताको नियन्त्रणवाट बाहिर राखेर सम्पादकीय अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्ने मान्यता जैसीले राख्दै आएका छन् ।

नेपाल पत्रकार महासंघलाई व्यवसायीक पत्रकारहरुको छाता संगठनको रुपमा विकास गर्नुपर्ने मान्यता राख्दै आएका जैसीले नेपाल पत्रकार महासंघलाई गैर पत्रकारहरुको भर्तिकेन्द्र हुनवाट बचाउनुपर्नेमा जोड दिदै आएका छन्।

आफुलाई बिग मिडिया हाउस भनेर दाबी गर्ने नेपालका केही सञ्चारगृहका मालिक र पत्रकारहरुले जैसीलाई विस्थापित गर्न खोजे पनि उनी देशभरिका पत्रकारहरुको माझमा लोकप्रिय रहेको उनको बिजयले पुष्टी गरेको छ ।

२०७४ भदौ ६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...