चौतारी अध्यक्ष बस्नेतलाई बर्खास्तको माग गर्दै राजेन्द्र केपी ओली निवास पुगेको खुलासा

  • काठमाडौं । 
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई बर्खास्तको माग गर्दै पूर्वअध्यक्ष राजेन्द्र अर्याल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेको तथ्य बाहिर आएको छ । 

शुक्रवार दिउँसो एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गरे । ओली थाइल्याण्ड प्रस्थान गर्नुअघि बालकोटस्थित निवासमा पुगेर अर्यालले बर्खास्त गर्न आग्रह गरेको स्रोतले बताएको छ ।

पत्रकार महासंघमा चौतारीका उम्मेद्धारहरु पराजित हुनुको मुख्य कारण अध्यक्ष गणेश बस्नेत र पार्टी प्रचारबिभागका उपप्रमुख सूर्य थापा भएको रिपोटिङ ओलीलाई गरेका थिए । स्रोतका अनुसार दुई जनाका कारण महासंघमा पराजित भएको उनले बताएका थिए । ‘अध्यक्ष गणेश जोसँग पनि रिसाउने र झर्केर बोल्ने, सुर्य थापा प्यूठानकै गोविन्द आचार्यलाई जिताउने खेल खेल्ने अनि कसरी जितिन्छ चुनाव ?’ ओलीसँग रिपोटिङ गर्दै अर्यालले भने ‘गणेशलाई पहिले नै नवनाउन मैले हजुरलाई भनेको थिएँ, अहिले संगठन ध्वस्त पारयो ।’

ओलीसँग १२ मिनेट भेट गरेका अर्याालले क्रान्तिकारी पत्रकार संगठन र प्रगतिशिल पत्रकारहरुसँग मिल्न पनि थापाले नदिएको आरोप लगाएका थिए । उनीहरुसँग मिल्नका लागि आफुले तयार बनाएको भएपनि थापाले भाँडेको बताए ।

पार्टी अध्यक्ष ओलीले उनका कुरा सुनेको तर प्रतिक्रिया नदिएको स्रोतले बताएको छ । ‘म फर्किन्छु, अनि कुरा गरौला’ भन्दै ओली अर्काे कोठामा पुगेका थिए ।

चौतारीको केन्द्रीय नेतृत्वदेखि पार्सदसम्मले पूर्वअध्यक्ष अर्यालको भूमिका खराव भएको चर्चा गरिरहेका बेला थापा र बस्नेतलाई आरोप लगाउँदै उनी बालकोट पुगेका थिए । चौतारीभित्र उनीमाथी छाननिवको आवाज उठिरहेको छ ।

बालकोट पुगेपछि उनका एक सहकर्मीले पूर्वअध्यक्षबाट पार्टी अध्यक्षलाई पत्रकार महासंघका बिषयमा रिपोटिङ भएको स्ट्याट्स फेसबुक पेजमा राखेका थिए । चौतारीका अध्यक्ष गणेश बस्नेतले केन्द्रीय समितिको बैठक डाकेर समिक्षा गर्न नपाउँदै उनले अध्यक्ष ओलीलाई रिपोटिङ गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...