जनमोर्चाको सात नम्वर प्रदेशमा भूकम्प, १० नेताहरु माओवादी केन्द्रमा प्रवेश

  • धनगढी ।
राष्ट्रिय जनमोर्चाका सात नम्वर प्रदेशका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार दिउँसो धनगढीमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जनमोर्चाका नेताहरुले आफूहरु संघीयता र गणतन्त्रप्रति आकर्षित भएर माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । जनमोर्चाका नेताहरुलाई पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, लेखराज भट्ट लगायतले पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गर्नेमा जिल्ला स्तरीय नेताहरु टंक सञ्याल, सुलोचना कडायत, पवित्रा सञ्ज्याल, पदम मल्ल, प्रकाश पन्त, अम्वादत्त जोशी, शंकरदत्त जोशी, गोकर्ण जोशी, डम्वरदत्त जोशी वीर बहादुर सिंह लगागतका रहेका छन् ।

उनीहरुलाई पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका प्रचण्डले माओवादीमा ध्रवीकरण प्रक्रिया सुरु भएको र अब एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्रै रोकिने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...