सुदूरपश्चिमा सुरु भयो गौरा पर्वको रौनक

  • काठमाडौं ।
सुदूरपश्चिमको महान पर्व गौरा शनिबारदेखि सुरु भएको छ । गौराको पहिलो दिन शनिबार बिरुडा पञ्चमी, घरघरमा बिरुडा (विभिन्न पाँच प्रकारको अन्न) भिजाउने गरिन्छ । 

गहत, गुराँस, केराउ, मास र मकै मिसाएर भिजाइएको परिकारलाई सुदूरपश्चिममा बिरुडा भनिन्छ । आज भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकको धारा, तलाउ तथा पोखरीमा लगेर धुने चलन रहेको स्थानीय बासिन्दा बताउँछन् । 

अमुक्ताभरण सप्तमीको दिन नजिकैको खेतमा गएर धानसँगै उम्रिएका साँउलाई जम्मा गरेर मूर्तिको आकार बनाई त्यो मूर्तिलाई गौरा घरभित्र भित्रयाउने गरिन्छ । त्यहि मूर्तिलाई गौरा देवी भन्ने चलन रहेको केहाईसिंह गाउँपालिकाकी हिरादेवी जोशीले बताए ।

व्रतालु महिलाले गौरा भित्रयाएको बेलुका गौरा घरमा गौराको पूजा आजा गर्ने तथा भजन किर्तना गर्ने चलन रहेको छ । गौरा पर्वका लागि अहिले सुदूरपश्चिमका गाउँ घरमा निकै रौनक छाएको छ । कामका लागि परदेश गएकाहरु गौरा पर्वका लागि भन्दैे घरमा फर्किन थालेका छन् ।

२०७४ भदौ १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...