दोलखामा श्रीमतीले गरिन आफ्नै श्रीमानको हत्या, यस्तो छ कारण

  • चरीकोट । 
दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमानको घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ । 

ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् । उनलाई श्रीमती सञ्जीले लाठी प्रहार गरेको जिप्रका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

प्रहरीका अनुसार शुक्रबार साँझ कर्णबहादुरले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा आई बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र बुहारीले मादक पदार्थ दिन नमानेपछि बुहारीलाई कुटपिट गरेको देखेपछि उनकी श्रीमतीले पछाडिबाट टाउकामा लौरो हानेको प्रहरीको भनाइ छ । 

अभियुक्त सञ्जीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिप्रका दोलखाले जनाएको छ ।

२०७४ भदौ १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...