साढे ३३ किलो सुन तस्करी काण्डका मुख्य नाइके गिरफ्तार

  • काठमाडौं ।
गत पुस तेस्रो साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट समातिएको साढे ३३ किलो अवैध सुन तस्करी काण्डका नाइके युएईबाट पक्राउ परेका छन् । 

नेपाल प्रहरीले युएई प्रहरीको सहयोगमा तस्करीका नाइके राजन प्रसाद पन्तलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइएको र सीआईबीको जिम्मा लगाउने तयारी भइरहेको एसपी मीरा चौधरीले जानकारी दिइन् । 

पन्थले दुवईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दाबी छ । सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।

२०७४ भदौ ५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...