ललितपुरको कुसुन्तीमा गोली चल्यो, १ जना गम्भीर घाइते !

  • काठमाडौं । 
काठमाडौँ उपत्यका भित्रै प्रहरीले सोमबार दिउसो लागूऔषध कारोबार गर्ने समुहका एकजनालाई गोली प्रहार गरेको छ ।

ललितपुरको कुसुन्तीमा प्रहरी र लागु औषध कारोबारीबीच सोमबार भिडन्त हुने स्थिति बनेपछि प्रहरीले गोली प्रहार गरेको हो ।

प्रहरीलाई देख्नासाथ गोलि ताकेका प्रवीण खत्री प्रहरीको गोलि लागि गम्भीर घाइते भएका छन् । उपचारका लागि उनलाई पाटन अस्पताल पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

खत्रीसंग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो। 

प्रहरीलाई देखेपछि उनले पेस्तोल ताकेका थिए । प्रहरीले जवाफी कारबाही गर्दा उनी घाइते भएको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

२०७४ साउन २३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...