ललितपुरमा प्रहरीले गर्यो इन्काउन्टर, एक जनाको मृत्यु

  • ललितपुर । 

सोमबार दिउँसो कुसुन्तीस्थित अरुण बस्तीमा गोली चलेको छ । गोली लागेर लागू औषध कारोबारी प्रविण खत्रीको मृत्यु भएको छ ।

गोली घाइतेको कञ्चटमा लागेको प्रहरीको भनाई छ । उपचारका लागि घाइतेलाई पाटन अस्पताल पुर्याइएको छ । खत्रीलाई उनकै घरपछाडिको स्थानमा गोली लागेको बताइएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले भने प्रहरी इन्काउन्टरमा घाइते भएका खत्रीको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाएको छ । सुराकी आधारमा तलासी लिन खत्रीको घरमा प्रहरी पुग्दा खत्रीले गोली चलाएपछि दोहोरो फायरिङ भएको महाशाखाले जनाएको छ ।

खत्रीमाथि लामो समयदेखि प्रहरीले निगरानी राख्दै आइरहेको बताइएको छ । घाइतेको साथबाट दुई वटा पेस्तोल बरामत गरिएको समेत बताइएको छ । गृहमन्त्री जनार्दन शर्माले उपत्यकालाईलाई सबैखाले अपराधिक क्रियाकलापबाट ‘क्लिन स्वीप’ अर्थात मुक्त राख्ने घोषणा गरेको दुई दिनमै यो गोलीकाण्ड भएको हो ।

तस्कर र गुण्डासँग बेलाबेला प्रहरीको दोहोरो फायरिङ हुँदै आइरहेको छ । यो घटना पनि त्यसैको श्रृंखला भएको सुरक्षा विश्लेषकहरु बताउँछन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...