माओवादी केन्द्रबाट ८ राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय ?(हेर्नुहोस् सूचीसहित)

  • काठमाडौं ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट ८ जना राज्यमन्त्री सरकारमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट क्षेत्र, लिंग, धर्म, समुदाय सबैको प्रतिनिधित्व हुने गरी ८ जनाको नाम छनोट गरीएको माओवादी केन्द्रले बताएको छ । आज दिउँसो चार बजे सपथ ग्रहण हुँदैछ ।

त्यस्तै कांग्रेसबाट १० र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न लागिएको पनि बताइएको छ तर कांग्रेसले भने राज्यमन्त्रीको नाम अझै टुंगो लगाउन सकेको छैन ।

हेर्नुहोस् राज्यमन्त्री र मन्त्रालय 


१) श्याम श्रेष्ठ – गृह मन्त्रालय
२) रामसिंह यादव – स्वास्थ्य मन्त्रालय
३) छमबहादुर गुरुङ – सहरी विकास मन्त्रालय
४) शम्भु श्रेष्ठ – उर्जा मन्त्रालय
५) वांगदी शेर्पा – सामान्य प्रशासन मन्त्रालय
६) जाकीर हुसैन – समाज कल्याण मन्त्रालय
७) गोमा कुँवर – पशुपन्क्षी मन्त्रालय
८) कर्ण बिक – आपूर्ती मन्त्रालय

२०७४ भदौ ४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...