एमाले अनेरास्ववियुका नेताद्वारा आईसीएचमा तोडफोड, अध्यक्षलाई ज्यान मार्ने धम्की


काठमाडौँ । 

नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वावियु)का नेताहरुले सामुदायीक स्वास्थ्य इस्टिच्युट (आइसीएच) तोडफोड गरेका छन् ।

जबरजस्त चन्दा माग्ने, एमालेका नेताका छोराछोरीलाई निःशूल्क पढाउने पर्ने, प्रवेश परीक्षामा उर्तीण गर्नुपर्ने भन्दै केही दिनदेखि अनेरास्ववियुका नेता दिपकसिंह धामी, रमेश सिंह ठकुरीले धम्की दिँदै आएका थिए । 

सोमबार दिउँसो १ बजे धामी र ठकुरीको नेतृत्वमा आएको समूहले सुविधानगरस्थित आईसीएचको कार्यालयमा तोडफोड गरेको हो । रक्सी सेवन गरी आएका एमाले र अनेरास्ववियुका नेता–कार्यकर्ताहरुले अन्दाधुन्दा तोडफोड गरेको आईसीएचका कर्मचारीले बताए ।

आइसीएचका अध्यक्ष भैरव बोहराले दिएको जानकारी अनुसार उक्त समूहले कार्यालयभित्र प्रवेश गरी कम्प्युटर, टेवल, कुर्सी, दराज, कागजपत्र, सीसालगायत कार्यालयका सम्पूर्ण सामाग्रीहरु तोडफोड गरेका छन् । तोडफोडबाट करिब १० लाख बराबरको क्षति भएको बोहराले बताए ।

तोडफोडमा संलग्न अनेरास्ववियुका नेता धामी र ठकुरीलाई तीनकुने प्रहरीले पक्राउ गरेको छ । नेता धामीले कहि दिन पहिलेबाट आफ्ना नेताका छोराछोरीलाई भर्ना नगरे अध्यक्ष बोहराको ज्यान मार्ने धम्की दिँदै आएका थिए ।  आईसीएच सिएमए पढाउँने शैक्षिक संस्था हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...