'कांग्रेस र माओवादीबीच पार्टी एकीकरण गर्दा राम्रो'

  • सिमरा । 
एमालेका महासचिव ईश्वर पोखरेलले एमालेसंग कांग्रेस–माओवादीले एक्लै लड्ने आँट नरहेको बताएका छन् ।

बिहीबार बारामा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले कांग्रेस र माओवादी केन्द्रलाई पार्टी एकीकरण गरेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्न आग्रह गरे ।

‘माओवादीको वैशाखीमा मात्रै चुनाव लडने हैसियतमा पुगेको छ भने माओवादीलाई मैदानमा जान कांग्रेसको पुच्छर बन्नुपर्ने बाध्यता बनेको छ’, उनले भने, ‘यो अवस्था धेरै दिन रहने छैन । कांग्रेस, माओवादी र बिचार मिल्ने दलहरूको एकीकरणको विकल्प बाँकी रहनेछ ।’

दुई चरणको स्थानीय निर्वाचनमा कांग्रेस माओवादीलगायत दलहरूको मोर्चाबन्दी विरुद्ध एमालेले शानदार जित हासिल गरेको दाबी गर्दै पोखरेलले प्रदेश नं. २ मा पनि एमाले पहिलो पार्टी बन्ने जिकिर गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...