भरतपुर १९ मा मतदाताहरुको यस्तो खडेरी, देवी र रेणु तनाममा !

  • चितवन ।
भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा मतदाताहरुको खडेरी परेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु निक्कै कम देखिएका छन् । उसो त भरतपुरमा जारी पुनःमतदानमा मतदाताको उत्साह कम देखिएको निर्वाचन आयोगले स्वीकार गरेको छ । अहिलेसम्म २० प्रतिशत मत खसेको आयोगको भनाई छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । पानी परिरहेकोले मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको आयोगले अनुमान लगाए पनि काँग्रेस-माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र एमाले उम्मेदवार देवी ज्ञवालीको कलहका कारण जनता निराश छन् । नेताहरुप्रति जनताको चासो घटेको छ । जनताको यो निर्णयले नेपाल कम्युनिष्ट पार्टीको चुनाव बहिस्कार नीतिलाई सहयोग पुर्याएको छ । मतदाताहरु मौन रुपमा चुनाव बहिस्कारको पक्षमा छन् ।

१९ नम्बर वडामा ३ हजार ८९७ मतदाता रहेकोमा वैशाख ३१ को चुनावमा २ हजार ८ सय ९७ मत खसेको थियो । जम्मा २९ वडा रहेको भरतपुरमा २० नम्वर वडाको पनि मतगणना बाँकी छ । 

शुक्रबार बेलुकीदेखि मतगणना सुरु हुने हो भने शनिबार दिउँसोसम्ममा अन्तिम नतिजा आउनेछ । यसअघि भरतपुरमा एउटा वडाको मतगणना गर्न ८ देखि १० घण्टा लागेको थियो । मतगणना शुक्रबार बेलुकादेखि गर्ने या शनिबार बिहान भन्ने टुंगो लागेको छैन । 

२० नम्वर वडामा ३ हजार ३०२ मत खसेको छ । १९ र २० नम्बर वडाको मतगणना गर्न बाँकी हुँदा मेयरमा एमालेका देवी ज्ञवालीको ४० हजार ९८० र कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालको ४० हजार १९४ मत छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...