यी हुन् गृहमन्त्रीलाई चक्मा दिदै उमेर ढाँटेर डिएसपीमा बढुवा हुने प्रहरी अफिसर

  • काठमाडौं ।
डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् ।

हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गरेको छ ।

सिंहले प्रहरी किताबखानामा पेस गरेको नागरिकतामा जन्ममिति २०१६ उल्लेख छ ।

नागरिकता हराएपछि कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाँबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ ।

उनको बढुवा रद्द गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । नेपाल समाचार पत्रमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...