डोटीमा जिप दुर्घटना, ९ जनाको मृत्यु, घाइते ४ को अवस्था गम्भीर

  • डोटी । 
अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित नौ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । 

दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नंको जिप शुक्रबार राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको जिप्रका डोटीले जनाएको छ । 

मृतकमध्ये सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । उनीहरुको सनाखत भने भइसकेको छैन । चालक विष्णु नेगी शिखर नगरपालिका–१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन् । 

घाइते चारै जना पुरुष हुन् । उनीहरुको अवस्था नाजुक रहेको नायब प्रहरी उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनीहरुलाई उपचारका लागि दिपायलस्थित सुजंग अस्पतालमा लैजाँदै गरिएको छ । दिपायल आइपुग्न पाँच घण्टाभन्दा बढी समय लाग्ने छ । 

जिप सडकबाट करिब ४०० मि तल खसेको छ । जिपमा कुल १६ जना सवार भएकामा तीन जनाको अवस्था सामान्य छ । उनीहरुले हामफालेर ज्यान जोगाएका छन् । बर्खाको चिप्लो कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

२०७४ साउन २१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...