भूकम्पपछि पनि घर निर्माणमा गम्भीर प्राविधिक त्रुटि भएको खुलासा


नगरकोट । 

प्राविधिकले भूकम्पपछि पनि घर तथा भवन बनाउने सर्वसाधारणले प्राविधिक त्रुटि गरिरहेको खुलासा गरेका छन् । 

उनीहरुले भूकम्प आउनुअघि भन्दा पछिका निजी घर तथा भवनको पुनःनिर्माणको अवस्था डरलाग्दो रहेको बताएका छन् । 

सूर्यविनायकस्थित मेथड कन्सल्टेन्टद्वारा शुक्रबार आयोजित ‘सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक घर निर्माण’ विषयको अन्तरसंवादमा सहभागी प्राविधिकले भूकम्प भोगेका सर्वसाधारण सचेत नहुँदा गुणस्तरहीन तथा भूकम्पीय दृष्टिले असुरक्षित घर तथा भवनको तीव्र निर्माण भइरहेको बताए । 

मेथडका प्रबन्ध निर्देशक इञ्जिनियर तुलसीलाल वासुकलाले भूकम्पपछि भइरहेको पुनःनिर्माणको अध्ययन गर्दा हाल भइरहेको पुनःनिर्माणमा गुणस्तर र भूकम्प प्रतिरोधात्मकताको अवस्था दयनीय भएको जानकारी दिए । “भूकम्पपछि पुनःनिर्माणको नाउँमा माटोमाथि नै ढलान घर ठडिने क्रम बढ्दो छ”, उनले भने, “निर्माण कार्य चाँडै सकाउने नाउँमा घरधनीले आफ्नो जिन्दगीभरको कमाइ र परिवार बस्ने घरको गुणस्तर माटोमै मिलाउँदै आएका छन् ।” 

इ सिर्जना प्रजापतिले भूकम्पपछिको पुनःनिर्माणमा घरको जगदेखि नै त्रुटि हुँदै आएको बताउँदै आफू बस्ने घर बलियो बनाउन घरधनी नै बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए । 

२०७४ साउन २१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...