किसानहरूले किन घेराउ गरे रौतहटको सीडीओ कार्यालय ? यस्तो छ कारण

  • रौतहट । 

जिल्लामा संचालित ज्योति डिष्टिलरीले उद्योगले छोडेको दुषित पानीले सयौं बिघामा लगाएको धानबाली नष्ट भएपछि उद्योगलाई कारवाही गर्नुपर्ने माग गर्र्दै किसानले सीडीओ कार्यालय घेराऊ गरेका छन् ।

किसानको धानबाली नष्ट भइसक्दा समेत सरकार मौन बसेको भन्दै आक्रोशित सयौं किसानले मंगलबार रौतहट सीडीओ कार्यालयलाई घेराऊ गरेका हुन् ।

क्षतिपूर्ति पाउनुपर्ने माग उनीहरु राखेका छन् । किसानलाई तुरुन्त क्षतिपूर्ति सहित डिष्टीलरीलाई कारवाही जोडदार माग गरेका छन् ।

डिष्टिलरीले उद्योगबाट निस्कने दुषित पानी नहरमा छोडिएका दुषित पानीले जयनगर, जेठरहिया, भेडियाही, राजपुर तुलसी, सरुअठा, छतौना पचरुखि, पिप्रा, मत्सरी, झुन्खुनवा, पथरालगायत क्षेत्रमा किसानले असारमा लगाएको सयौं बिघाको धान बिरुवा मर्न थालेका छन् ।

राजनीतिक शक्तिको आडमा डिस्टीलरीले किसानलाई हेप्दै आएको भन्दै पीडित किसानहरुले आन्दोलन जारी राखेका छन् । सोही क्रममा उनीहरुले सोमबार राजपुर भेडियाही चोकमा एक घण्टा गौर–चपुर सडक बन्द गराएका छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताए ।

२०७४ साउन २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...