हस्तबहादुरलाई कुटिकुटि भिरबाट फालेर छिमेकीले नै विभत्स हत्या गरेको खुलासा

  • चितवन ।
चितवनको इच्छाकामना गाउँपालिका-१ का ५५ वर्षका हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ । 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा हत्या भएको खुलेको जानकारी दिए । व्यक्तिगत रिसका कारण छिमेकीले नै हत्या गरेको पाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । 

यही साउन २१ गते उनलाई डुकराङस्थित मकैबारीमा मृत फेला पारिएको थियो । अनुसन्धान गर्दै जाँदा उनलाई साउन १८ गते राति धनबहादुर चेपाङसहित मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले घाँटीमा डोरीले कसी कुटपिटपछि हत्या गरेर भिरबाट फालेको पाइएको प्रहरीले मंगलबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

घटनामा संलग्न रहेको आरोपमा जैते बस्ने २९ वर्षका रमेश चेपाङ, सोही गाउँका १९ वर्षीय सन्देश चेपाङ र ३० वर्षका धनबहादुर चेपाङ पक्राउ परेका छन् । 

दुई जनालाई यसअघि नै पक्राउ गरिएको र फरार हुँदै आएका धनबहादुरलाई भने मंगलबार पक्राउ गरी अनुसन्धान थालिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

२०७४ साउन २५ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...