जीवन-देबेन्द्रहरुलाई भित्र्याएको २४ घण्टा नवित्दै प्रचण्डका ३४ नेता-कार्यकर्ताद्वारा पार्टी परित्याग

  • पोखरा ।
नेपाल कम्युनिष्ट पार्टीले कारबाही गरेका र बाबुराम भट्टराईले निष्काशन गरेका केही नेताहरुलाई प्रचण्डले आफ्नो पार्टीमा भित्र्याएको २४ घण्टा नपुग्दै माओवादी केन्द्रका ३४ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

एउटै घर बनाउन भन्दै काठमाडौंमा देवेन्द्र पौडेल र जिबन खड्का'जीवन'हरु पेरिसडाडा भित्रिएको २४ घण्टा अगावै कास्कीमा माओवादी केन्द्रका ४ दर्जन बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन्।

कास्कीबाट हाम्रा संवाददाता आस्था नेपालीले दिएको जानकारीअनुसार माओवादी केन्द्र निकट वाइसिएलका स्थानीय नेता कार्यकर्ताहरुले उक्त पार्टी परित्याग गरेका हुन्। 

आस्थाका अनुसार केहीदिन भित्रै माओवादी केन्द्र कास्कीका दर्जनौ मजदुर नेता कार्यकर्ताहरुले पनि पार्टी परित्याग गर्दैछन्।

त्यस्तै माओवादी केन्द्र दलाल संसदीय भाषमा फसेको भन्दै पार्टी परित्याग गरेका उनिहरु श्रवण कुमार सुनारको नेतृत्वमा ४ दर्जन नेता कार्यकर्ताहरु आजै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । 

पोखराको पिपलडाली-१८ मा अायोजित कार्यक्रममा माओवादी केन्द्रका जिल्ला तथा जनवर्गीय संगठनका नेताहरुले सामुहिक रुपमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।


माओवादी केन्द्रबाट बिद्रोह गरी नेकपामा प्रबेश गर्नेहरुमा राज कुमार सुनार, रबिन्द्र सुनार, प्रेम कृष्ण सुनुवार, सुनिल सुनार, राज कुमार बिस्वकर्मा, रेशम सुनार, राम शरण बिश्वकर्मा, बलराम बिक, वसन्त बिक, बाल कुमार बिक, राजेन्द्र सुनार, भिमबहादुर पौडेल रहेका छन् ।

त्यस्तै किरण बिक, राम ब.बिक, मिलन बिक, सन्तोष बिक, दिनेश बिक, राजु बिक, अभिशेक बिक, दिपेश सुनार, जीवन सिलवाल, उजित सुनार, राम प्रसाद खड्गी, सुनिल सुनार, क्षितिज सिलवाल, सन्जित बिक, सुन्दर सिलवाल, जगत राज अधिकारी, कमल सुनार, लक्ष्मण सुनार, राजु सुनार, राजु बिक, भिम शिवाकोटीलगायत छन् ।

माओवादी केन्द्रबाट विद्रोह गरी अाउने नेता-कार्यकर्ताहरुलाई नेकपाका जिल्ला सेक्रेटरी जगन तिवारीले स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै सेक्रेटरी जघनले माओवादी केन्द्र धोकाबाज र गद्दारको केन्द्र भएको बताएका छन्। उनले अवसरवादीहरु माओवादी केन्द्रमा र सच्चा क्रान्तिकारीहरु नेकपामा ध्रुबिकरण भइरहेको बताए ।

नेकपाको युवा संगठनका गण्डक संयोजक सुजन, कास्की अध्यक्ष सागर, किसान संघका जिल्ला अध्यक्ष पुष्पलगायत नेताहरुले पार्टी प्रवेश तथा ध्रुबिकरण कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

२०७४ भदौ ७ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...