देउवाले निधिलाई सभापति बनाएपछि काँग्रेसभित्र खैलाबैला, पौडेलले दिए पार्टी फुटाउने धम्की

  • काठमाडौं ।

पाँच दिने भारत भ्रमणमा हिडेका काँग्रेस सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई सुटुक्क  कार्यबाहक सभापति दिएको भन्दै नेपाली काँग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विमलेन्द्र निधिलाई कार्यबाहक सभापति दिएकोको भन्दै असन्तुष्टि जनाएका छन् ।

पार्टीभित्र कुनै छलफल नै नगरी प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निधिलाई कार्यबाहक दिएको भन्दै पौडेल आक्रोसित बनेका हुन्। उनको आक्रोस आक्रोसमा मात्र सिमित रहेन पार्टीभित्र मनपरी नचल्ने भन्दै अवस्था यस्तै रहे आफुले पार्टी फुटाउनेसम्मको धम्की दिएका छन् । 

'पाँच दिने भारत भ्रमणमा जाने क्रममा सभापति देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनुभएको रहेछ । पार्टीभित्र कुनै छलफल पनि भएको छैन। पार्टीका साथीहरुलाई बेवास्ता गर्नुभएको छ।’ पौडेलनिकट स्रोतले इमान्दार मिडियासँग भन्यो ।

काँग्रेसको विधान अनुसार सभापतिको अनुपस्थितिमा पार्टी उपसभापति कार्यबाहक सभापति बन्ने व्यवस्था रहेको भएपनि उपसभापति नभएको अवस्थामा छलफलका आधारमा कार्यबाहक दिनुपर्ने पौडेलनिकटका नेताहरुको भनाइ छ  ।

'पार्टीमा छलफल गर्ने परम्परा नै हराएको भन्दै नेता पौडेल फायर बनेका छन् । 'सभापतिजस्तो मान्छेले यस्तो गैरजिम्मेवारी प्रस्तुत गरेर यो के गर्न खोज्नुभएको हो।’ स्रोतले इमान्दार मिडियासँग भन्यो ।

प्रधानमन्त्री देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि बुधबार नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...