कमल थापा र डिआइजी नवराज सिलवालको पक्षमा बोल्दै ओलीले किन गरे यस्तो हंगामा ?

  • काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ‘शर्मा’ ओलीले राप्रपाका अध्यक्ष कमल थापा र डिआइजी नवराज सिलवाललाई अन्याय भएको भन्दै हंगामा मच्चाएका छन् ।

थापाको राप्रपा विभाजन भएको सम्बन्धमा सर्वोच्च अदालतमा पशुपतिशमशेर राणाले दायर गरेको रिटका सम्बन्धमा भएको अन्तरिम आदेशप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अदालतको स्वतन्‍त्र भूमिकाबारे प्रश्न उठाए ।

‘आम जनताले अदालतको निष्पक्ष भूमिका खोजेको, हेरेको र अपेक्षा गरेको हुन्छ,’ उनले भने । ‘यो कमसेकम नेपाली जनताले बुझ्ने गरी हुनुपर्‍यो नि, एउटा संस्थाले सार्वजनिक ढंगले सूचना गर्छ । अर्कोले फेरि सनाखत भइसक्यो फेरि किन गर्नु भन्छ’, उनले भने ।

‘मेरो आग्रह के छ भने लोकतन्त्र क्षणिक लाभका निम्ति मर्यादित संस्था दुरुपयोग गर्ने प्रणाली हैन’, ओ‌लीले भने, ‘लोकतन्त्रमा आधारभूत मूल्य मान्यतामा अडिनु पर्छ । शक्ति सन्तुलन र नियन्त्रण कायम हुनुपर्छ ।’

उनले डिआइजी नवराज सिलवालबारे पनि नाम नलिई संसदमा कुरा उठाए, ‘एउटा पुलिस अफिसरले चाकडी पुर्‍याएन भनेर सिङ्गो राज्य लाग्ने । दोस्रो हैन पहिलो वरियताको हो भनेर भनिसकेपछि ११ वटा (एआइजी) बढुवामा १२ औँ नम्बरमा पनि पर्दैन ।’

उनले पाएको हक पनि सरकारले मासिदिएको आरोप लगाउँदै भने, ‘मेरो यो आँसु बगाई व्यक्तिप्रति हैन प्रवृत्तिप्रति हो ।’

२०७४ भदौ ७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...