देउवासँग को–को जाँदै छन् नयाँ दिल्ली ?
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgkK4RmbXC7YEA7BetZSl9OxprwUb3iHL_pTL-N2XQVs89LgmKZmFY5IHn6CK2RaL0AP4t7s-_rwOjKupB0TZdsFzOfk0eF86haEW10wa3fdH7lahks8L-d0nWDQxayHWb8HZGabrRu2rge/s1600/Sher-Bahadur-.jpg)
- काठमाडौं।
देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
देउवाले बिहीबार दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति वैंकैया नायडुसँग शिष्टाचार भेट गर्नेछन् ।
देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरमा वार्ता तथा आधा घन्टा एकल भेट गर्नेछन् ।
देउवालाई विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबारै भेट्ने कार्यक्रम छ ।
भ्रमण दलमा देउवा पत्नी आरजु, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की, पर्यटनमन्त्री जितेन्द्र देव, उद्योगमन्त्री मीन विश्वकर्मालगायत ६० जना संलग्न हुनेछन् ।
परराष्ट्रमन्त्री महराले भारतसँग विगतमा भएका सहमति र सम्झौतालाई कार्यान्वयनमा लैजानेबारे छलफल हुने बताए ।
२०७४ भदौ ७ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...