साउन २२ गते ‘कालो दिन’ भन्दै लिम्बुवानद्वारा पूर्वका नौं जिल्ला पूर्ण बन्द

  • झापा । 
साउन २२ गते अर्थात अाजैको दिनलाई ‘कालो दिन’ को रुपमा मनाउँदै अाएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले लिम्बुवन बन्दको अायोजना गरेको छ । वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

परिषदको बन्दका कारण पूर्वका झापा, ताप्लेजुङ, पाँचथर, ईलाम, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् ।

१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

बन्दमा प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्स भने चलिरहेका छन् भने बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।

साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो ।

बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यवद्धता जनाएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो ।

२०७४ साउन २२ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...