ठगी मुद्धामा फसेकी रविना थापा अध्यक्षकी दावेदार !

  • अमेरिका । 
एनआरएन– एनसिसि अमेरिकाको निर्वाचनले यतिखेर प्रवासी नेपाली बजार तातेको छ । 

संस्थाको नेतृत्वमा आउन धेरैजनाले कसरत गर्न थालेका छन् । अध्यक्ष हुने लालसाले धेरैलाई सताएको छ । आफ्नो धरातल विर्सिएर पदको गरिमालाईसमेत ख्याल गर्न नसक्ने ब्यक्ति पनि अध्यक्षका आकांँक्षी बनेका छन् । 

यस विषयले एनआरएन अमेरिकामा ठूलो हलचल उत्पन्न गरेको विष्लेशण हुन थालेको छ । चुनावी गतिविधि बढ्दै जाँदा यतिखेर धेरैमध्य आफ्नो पदको गरिमासमेत जोगाउन नसकेकी बर्तमान कार्यसमितिकी क्षेत्रिय उपाध्यक्ष रविना थापालाई पनि अध्यक्ष बन्ने लोभ पलाएको छ । 

पद के हो भन्ने नै थाहा नभएकी रविनालाई कसरी अध्यक्ष बन्ने मोह पालायो त ? उनलाई नजिकबाट चिन्ने एक एनआरएन भन्छन्– ‘रविना आफ्नै क्षमता र योग्यतामा अध्यक्षको उम्मेदवार बनेकी होइनन् । उनलाई कसैले आश्वासन दिएको छ र अरुको भरमा यात्रा तय गरेकी छन् । यसले उनलाई हातमा लाग्यो सून्य बाहेक केहि प्राप्त हुँदैन ।’

स्रोतका अनुसार २५ जनाको कार्यसमितिमा रविनालाई आफुबाहेक कसैको समर्थन छैन । उनलाई कुनै एक व्यक्तिले आफ्नो उदेश्य प्राप्तिको लागि स्वार्थ अनुकुल अध्यक्षको उम्मेदवार वनाएको हो । कसले वनायो त उनलाई उम्मेदवार भन्ने प्रश्नमा स्रोतले भन्यो– ‘रविनालाई आफ्नो अनुकुलतामा चलाउन सकिन्छ भन्ने हेतुले धनन्जय नर्सिङ केसीले अध्यक्षको उम्मेदवार बनाएका हुन् । रविनाले जितुन् वा हारुन् त्यसमा उनको कुनै सरोकार छैन मात्र उदेश्य पुरा गर्न मात्रै उम्मेदवार बनाएका हुन् ।’ 

केसी जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षसमेत हुन् । केसी यस्ता ब्यक्ति हुन् उनि जुन संस्थामा आवद्ध हुन्छन् त्यहाँ भाँडभैलो नभएको भन्ने कुरा अहिलेसम्म सुनेको छैन । अहिले पनि सम्पर्क समितिमा गुटउपगुट वनाएर केसीले संस्थालाई छिन्नभिन्नको अवस्थामा पुर्याएका छन् । तिनै केसीको आडभरोसमा अध्यक्षको उम्मेदवार वनेकी रविनासँग आम मतदाताले कस्तो अपेक्षा गर्न सक्लान् ? ठूलो प्रश्न खडा भएको एनआरएनविच चर्चा चल्ने गरेको छ । 

उम्मेदवार हुनु ठूलो कुरा होइन, किन र कसका लागि उम्मेदवारी दिएको हो त्यसले महत्वपूर्ण अर्थ राख्छ, एक एनआरएन भन्छन्– ‘रविनाको उम्मेदवारी एनआरएन अमेरीकाको हितविपरित छ । उनिबाट आश गर्न सक्ने ठाउँ नै छैन । जिम्मेवारी पाउँदासमेत बर्तमान कार्यसमितिमा रहेर कुनै काम गर्न नसक्नु उनको ठूलो कमजोरी हो । कार्यसमितिले दिएको जिम्मेवारीसमेत पुरा नगर्ने र उल्टै विरोध जनाउने उनको चरित्रले सवै वाक्कदिक्क भैसकेका छन् । वाल्टिमोरमा रेस्टुरेण्ट व्यवसाय गर्दै फुर्सद नहुने र सधैं आफ्नै काममा व्यस्त भैरहने उनि निर्वाचनको लागि कसरी हप्ता दिनदेखी समय निकालिरहेकी छन् बुझ्न सकिएको छैन ।’ 

कार्यसमितिको मिटिङमा उपस्थित नहुने, आफ्नै काममा मात्र ब्यस्त भैरहने र जिम्मेवारी वहन नगर्ने वानिले आलोचित भएपछि कार्यसमितिमा रविनालाई कारवाही गर्नुपर्ने सम्मको कुरा उठेको बताइन्छ । उनले केहि राम्रा काम गरेको देखाउन नेपालको देउघाटको वृद्धाश्रम वनाएको हल्ला चलाइरहेकी छन् । जवकी कार्यसमितिको निर्णयले संस्थाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा सो बृद्धाश्रम बनाएको सवैसामु छर्लङ छ । उनले अहिलेसम्म सामाजिक कार्यमा कुनै योगदान नदिएपनि संस्थाको नेतृत्व दावी गर्न पाउने नयाँ परिपाटीको विकास गरेकी छन् । 

रविनाको गैरजिम्मेवारीले गर्दा धेरै एनआरएन आजित भइसकेको बुझिन आएको छ । आफ्नो जिम्मेवारी विर्सने तर अरुलाई जिम्मेवारीको पाठ पढाउदै हिड्ने उनको व्यवहारले मेरिल्याण्ड च्याप्टरका सभापति जेदु पोखरेलसमेत पिडित भइसकेका छन् । उनले आफ्नो अनुकुलतामा पोखरेललाई निर्देशन दिने र अनुचित काम गर्न दवाव दिंदै आएकी छन् । पोखरेल यस्ता व्यक्ति हुन जसले मेरिल्याण्डमा डिएमभीका लागि नेपाली भाषामा परिक्षा दिन पाउने व्यवस्था लागु गर्न सफल भएका थिए । 

उनी नेपाली प्रवासीमाझ निकै लोकप्रिय मानिन्छन् । तर रविना कै कारण मेरिल्याण्डमा ठूलो समस्या उत्पन्न भएको छ । जहाँ १२ सय एनआरएनका सदस्य थिए, अहिले रविनाकै कारण सदस्य संख्या घटेर ६ सयमा आइपुगेको बताइएको छ । उनको गतिविधि कस्तो थियो भन्ने कुरा यसवाट पनि प्रष्ट हुने एनआरएनहरु बताउँछन् । अझ जटिल कुरा के छ भने प्रवासी नेपालीको हितमा कामगर्नुपर्ने जिम्मेवारी पाएकी र अध्यक्षको आकाँक्षी बनेकी रविना आफै ठगिको मुद्धामा फसेकी छन् । आफ्नै वरिपरिका साथीभाइलाई ठगी गरेपछि यतिखेर उनि ठगिको मुद्धा खेपिरहेकी छन् । 

यहि सोमवार मुद्धाको फैसला हुने जनाइएको छ । रविनाले रेष्टुरेण्ट संचालन गरिरहेको आसपासको क्षेत्रमा ब्युटिपार्लर संचालनको लागि कोठा भाडामा लिनेक्रममा आफ्नै एक महिला मित्रलाई झुक्याई सम्झौता विपरित १२÷१३ हजार डलर ठगी गरेपछि अदालतमा मुद्धा परेको स्रोतले जानकारी दियो । अदालतको फैसलाबाट उनि जेल जाने सम्भावना पनि उत्तिकै बलियो देखिएको बताइन्छ । उनको नियत नै ठगि गर्ने देखिएकाले अरुपनि ठगिएको हुनसक्ने अनुमान गरिएको छ । 

यस्तो परिस्थितिबाट ग्रसित हुँदासमेत सँधै कार्यसमितिको विरोध गरिरहने, दिएको जिम्मेवारी पुरा नगर्ने, आफ्नै कार्यक्षेत्रमा सदस्यहरुलाई उचित व्यवहार नगर्ने, सामाजिक कार्यका लागि कुनै मतलव नगर्ने, र आफ्नै अध्यक्ष विरुद्ध नानाथरी आरोप लागाउँदै हिड्ने रविनाको गतिविधिले गर्दा उनले सवैतिरबाट आलोचना खेप्नु परेको छ भने आफ्नै क्षेत्रबाट १५० भोट पनि नपाउने अवस्था सिर्जना भएको जानकारहरुले बताएका छन् । यस्तो परिस्थितिमा उनले निर्वाचनमा हार व्यहोर्ने निश्चित छदैछ त्यसमाथि जमानतसमेत जफत हुने अवस्था देखिएको स्रोतले जानकारी दिएको छ ।

२०७४ साउन २२ mआ प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...