परिवर्तनका लागि त्रिवेणी गजल सन्ध्या सम्पन्न

  • काठमाडौँ।
परिवर्तनका लागि त्रिवेणी गजल सन्ध्या आयोजना गरिएको छ । कुसे न्यूज डटकमले आयोजना गरेको गजल सन्ध्यामा थुप्रै प्रतिभावान गजलकारले गजल प्रस्तुत गरे ।

राजधानीको अनाम नगरस्थित संवाद डबलीमा सम्पन्न कार्यक्रम प्रदेश नम्बर ५, ६ र ७ बाट प्रतिनिधित्व रहेको थियो । 

गजलकार बेगम थापा ‘निश्चल’ प्रदेश नं. ५, धनराज वास्तविक प्रदेश नं. ६ र लक्ष्मण संगमले प्रदेश नं. ७ बाट बेजोडसँग गजल प्रस्तुत गरेका थिए ।

गजल देश र नागरिकको वर्तमान भोगाईबारे भावमा प्रस्तुत भएको थियो । मुलुक र नागरिकलाई समद्धिको मार्ग लैजाने ध्येयले त्रिवेणी गजल सन्ध्या आयोजना गरिएको कार्यक्रम संयोजक भौतिक मल्ले जानकारी दिए।

सोही अवसरमा कपिल अन्जान, पूर्ण समिर, संगिता थापा, दिग्गज, सुनिता सापकोटालगायतले गजल प्रस्तुत गरेका थिए । यो प्रस्तुती महिनैपिच्छे हुने गरिएको आयोजकले जनाएको छ । 

समाज र जीवन परिवर्तनका लागि यस्तो कार्यक्रम निरन्तर जारी राखिने आयोजकले जनाएको छ ।मुख्य गजलकार निश्चल, वास्तविक र संगललाई आयोजक संस्थाबाट प्रशंसा पत्र प्रदान गरियो । 

२०७४ साउन २८ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...