धनुषा र महोत्तरी जोड्ने रातोपुल भासियो, पूर्व-काठमाडौँ चल्ने सवारीसाधन ठप्प

  • धनुषा । 
विगत चार दिनदेखि जारी अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ ।

पुलमा अहिलेलाई हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ ।

खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उनले बताए। पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा रहेको यो पुल तीन वर्ष पहिले पनि भासिएको थियो । 

२०७४ साउन २८ गते प्रकाशित 

, ,

प्रतिकृया दिनुहोस्

Loading...