माथिल्लो कर्णाली खारेज गर्ने ऊर्जामन्त्री शाहीको चेतावनी

  • काठमाडौं । 
ऊर्जामन्त्री महेन्द्रबहादु शाहीले माथिल्लो कर्णाली जलविद्युत अायोजना खारेज गर्ने बताएका छन् ।

भारतीय कम्पनी जिएमअारले तोकिएको समयसीमा भित्र काम नगरे अायोजना खारेज गर्ने बताएका हुन् । मन्त्री शाहीले ९ सय मेगावाटकै अरूण तेस्राे जलविद्युत अायाेजनाको काम पनि अगाडि नबढे अनुमतिपत्र खारेज गर्ने बताए ।

ऊर्जामन्त्रीका प्रेस सल्लाहकार देविराम देवकोटाका अनुसार दुवै अायाेजना निर्माणकर्ता कम्पनीलाई समयसीमा भित्र काम सम्‍पन्‍न गर्न निर्देशन दिने र काम नभए खारेज गर्ने तयारी मन्त्री शाहीले गरेका छन् ।

यसैबीच नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मिचेल सी गाेञ्जालेजले बुधबार मन्त्री शाहीलाई भेटी ती अायाेजनाबारे चासाे राखेका थिए । अायाेजनाकाे के-कति प्रगति भइरहेकाे छ भन्नेबारे मन्त्री शाहीले खुलाएनन् । तर, अब लामाे समयसम्म काम नगरी अनुमितपत्र लिएर बसिरहे अायाेजना खारेज हुने दाेहाेर्याए ।

दुई अायाेजना अहिले लगानी बाेर्डमार्फत अघि बढाएकाे छ । अरूणकाे केही सन्ताेषजनक प्रगति देखिए पनि कर्णालीकाे हकमा निराशाजनक अवस्था छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...