यस्तो छ पत्रकार महासंघको निर्वाचन कार्यतालिका

  • काठमाडौं। 
नेपाल पत्रकार महासंघले २५औं महाधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । २५ औं महाधिवेशन भोलि अर्थात भदौ ४ बाट शुरु हुँदैछ । महाधिवेशन पर्सीसम्म चल्नेछ । 

निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन भदौ ३ गते विहान १० बजे, मतदाता नामावली उपर दावी विरोध भदौ ३ गते विहान १० बजेदेखि १२ बजेसम्मको समय छ ।

कार्यतालिकामा उम्मेद्वारी मनोनयन दर्ता भदौ ४ गते विहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म, उम्मेदवारको नामवली प्रकाशन भदौ ४ गते ३ : ४५ बजे, उम्मेदवार उपरको दावी विरोध र उम्मेदारी फिर्ता भदौ ४ गते ३ :३४ देखि ४ : ४५ बजेसम्म, उम्मेदावरको अन्तिम नामावली प्रकाशन भदौ ४ गते बेलुका ५ बजेसम्म छ ।

मतदान भदौ ५ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तथा मतगणना भदौ ५ गते मतदान सम्पन्न भएपछि हुने कार्यसूचि छ ।

अहिलेसम्म गोविन्द आर्चाय र तीर्थ कोइराला भिन्दाभिन्दै प्यानलबाट तथा उजिर मगर स्वतन्त्र रुपमा अध्यक्षमा लड्ने तयारी गरेका छन् ।

२०७४ भदौ ३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...