सरकार बिरुद्ध प्रकाण्डको यस्तो बिज्ञप्ति, 'हामीसंग जोरी खोज्नु भनेको दुस्साहसपूर्ण मृत्यु रोज्नु हो'

  • काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका बिशेष ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले बिहिबार बिना कारण गिरफ्तार गरेपछि उक्त पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले बिज्ञप्ति निकालेका छन्। 

लामाको गिरफ्तारीबारे पार्टीको धारणा सार्बजनिक गर्न बिज्ञप्ति जारी गर्दै प्रकाण्डले देउवा–प्रचण्ड गठबन्धन सरकारको गृह प्रशासनलाई जत्थाको संज्ञा दिएका छन्। 

उनले आफ्नो पार्टीका नेता लामा राजनीतिक कामका शिलशिलामा विद्यार्थी संगठनको कार्यक्रमबाट पहारीले पराधिक शैलीमा कब्जामा लिई सोह्रखुट्टे प्रहरी कार्यालयमा बन्दी बनाएको भन्दै यस्तो संज्ञा दिएका हुन् । 

सरकार र गृह प्रशासनको कम्युनिष्ट पार्टीका विरुद्धको जंगली शैलीको हमला निरंकुशताको पराकाष्ठ र आग्रही पूर्वाग्रही मानसिकताको उपज भएको कुरा पुष्टि भएको प्रकाण्डले बताएका छन् । 

देउवा-प्रचण्ड नेतृत्वको सरकार आफुहरुप्रति अपराधिक गिरोहको रुपमा प्रकट हुन थालेको भन्दै त्यस्तो हर्कत रोक्न कडा चेतावनी दिएका छन् ।

प्रकाण्डले मधेशका क्रान्तिकारी नेता रामवृक्ष यादवको स्मृतिमा आफ्नो पार्टीले वर्मजियामा आयोजना गरेको कार्यक्रममा प्रहरी र माओवादी केन्द्रका कार्यकर्ताले सयुक्त रुपमा आक्रमण गर्नु र चाबहिलबाट माईला लामा र वर्मजियाबाट सन्देश, देवनारायण शाहा लगायतका नेताहरुको गिरफ्तारी गर्नुले देउवा सरकारको जनार्दन गृह प्रशासनले आततायी र फाँसिष्ट रुप देखाएको बताएका छन् । 

उनले उक्त गिरफ्तारी र आफ्नो पार्टी कार्यक्रममाथिको आक्रमणको घोर निन्दा एवं भत्र्सना गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुको यथाशिघ्र बिना सर्त रिहाको जोडदार माग गरेका छन् ।

२०७४ भदौ २ गते प्रकाशित

यो पनि पढ्नुहोस्

, , ,

प्रतिकृया दिनुहोस्

Loading...