सीपी मैनाली चरम आर्थिक लाभमा डुबेको भन्दै मालेका १ दर्जन नेताहरु संघीय फोरममा प्रवेश, उपेन्द्र यादवले गरे स्वागत



काठमाठौं । 

सीपी मैनाली नेतृत्वको नेकपा मालेका चार प्रभावशाली नेतासहित १ दर्जन कार्यकर्ताहरुको जत्था संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।

नेकपा मालेका अध्यक्ष सीपी मैनाली चरम आर्थिक लाभमा डुबेको र पार्टीको नीति तथा सिद्धान्त त्यागेको आरोप लगाउँदै केन्द्रीय सदस्यदेखि जिल्ला नेतृत्वसम्म असन्तुष्ट नेताहरुको टोली फोरम नेपालमा प्रवेश गरेको हो ।

फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित पार्टी प्रवेश समारोहमा नेकपा मालेका केन्द्रीय सदस्य आङ्छिरिङ शेर्पा लामा र अधिवक्ता समेत रहेका मालेका केन्द्रीय सदस्य कृष्ण शर्माको नेतृत्वमा माले परित्याग गरी सक्रिय नेता कार्यकर्ताहरुको समूह फोरम नेपालमा प्रवेश गरेका हुन् ।

नेकपा मालेका केन्द्रीय सदस्यहरु शिव शिवाकोटी, अभिषेक कोइराला, केन्द्रीय पार्षद् पेमा तामाङ्, पार्षद् बालकृष्ण विक फोरम नेपाल प्रवेश गरे ।

त्यस्तै, फोरम नेपाल प्रवेश गर्नेमा जिल्ला सदस्य दावा शेर्पा (दोलखा), गोकर्णका नगरसचिव मधुशुधन कुइकेल, दोलखाका शंकर शिवाकोटी र टेकप्रसाद शिवाकोटी, मोहन थापा, कुमार बुढाथोकी, लक्ष्मीदेवी गौतम, लालमणी गौतम, पार्षद् काइला तामाङ, बिष्णु जोशी, टिका बहादर मिजार र श्रीमान राई रहेका छन् ।

फोरम नेपालका अध्यक्ष मा उपेन्द्र यादवले नेकपा माले परित्याग गरी आएका नवप्रवेशी नेताहरुलाई टिका लगाएर पार्टीमा भित्र्याएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...