मिसेस नेपाल अाइडलको ताज श्रेष्ठलाई

  • काठमाडौं । 
‘मिसेस नेपाल आईडल २०१७’ को ताज मिसेस रक्की श्रेष्ठले हात पारेकी छन् । राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिसेस नेपाल आईडल’ मा अन्य १८ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारेकी हुन् ।

त्यस्तै ‘मिसेस नेपाल आईडल २०१७’ को फस्ट रनरअप रुद्र कुमारी कार्की, सेकेन्ड रनरअप स्वास्ति पौडेल, थर्ड रनरअप सबिता तामाङ घोषित भइन् ।

बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मन्चमा प्रतिस्प्रधा गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्टमा स्वास्ति पौडेल, बेस्ट हेयरमा साबित्री श्रेष्ठ, बेस्ट स्किनमा ज्योति गौतम, बेस्ट फोटोजेनिकमा मिना लामा, बेस्ट पर्सानालिटीमा तुलशा अर्याल, बेस्ट क्याटवाकमा शिल्पा बस्नेत, बेस्ट स्माईलमा भूमिका सापकोटा, बेस्ट डिसिप्लिनमा गीता भुजेल, मस्ट एक्टिभमा रेखा बस्नेत श्रेष्ठ, मस्ट कन्फिडेन्टमा रक्की श्रेष्ठ, मस्ट ब्युटिफुलमा तुलशा गिरी कार्की, मस्ट ईन्टलिजिन्टमा रुद्र कुमारी कार्की, मस्ट चार्मिङमा सबिता तामाङ्, मिसेस फ्रेन्ड्सिपमा कला पाठक, मस्ट स्टाईलिसमा दृष्‍टि न्यौपाने तामाङ्, बेस्ट कम्प्लेक्सनमा कोपिला रसाईली, मस्ट स्मार्टमा कृपा चुके, मिसेस पंचलमा निर्मला सिलवाल, बेस्ट ड्रेसमा मिना लामा, मस्ट पपुलरमा कोपिला रसाईली र पब्लिक चईस एवार्ड,आ रुद्र के कार्कीले हात परिन् ।

कार्यक्रमको प्रमुख निर्णयकमा नायक दिपक छेत्री, संचारकर्मी अरुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायीका आशिश्मा नकर्मी रहेका थिए भने बिशेष गेस्टमा संचारकर्मी तथा म्युजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्युटी क्विन नेपाल २०१७ बिजेता मनिषा पाण्डे रहेका थिए ।

२०७४ भदौ ७ प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...