निश्चल ३ : १ बर्षको प्रतिक्षापछि उसले भेटेर भनि - अब म उमेशबिना बाँच्न सक्दिन मलाई बिर्सिदिनु


नमिता पौडेल ।

'मेरो घरमा मलाई माग्न आएको दिन चियामा चिनि हालेर दिन्छु अनि मान्छेको अगाडी त्यो चिया फल्नु हुन्छ की खानुहुन्छ ?'
खान्छु तर एउटा सर्तमा !
'कस्तो सर्त भनिस्यो न प्लिज'
चिनी चियामा हैन तिम्रो ओठमा राखेर दियौ भने ।
उ मेरो कुरा सुनेर मज्जाले हाँसी ।

उ घरमा आमा बाबा नभएको बेला पारेर फोन गर्थी । उसले मलाई १५ दिन फोन गर्दिन भनेकी थिई र गरिन पनि । म पनि उसको केहि काम होला नमिल्ने भनेर चित्त बुझाउथे । उ भन्थी -  सबै कुरा बुझ्ने 'हजुरको बानी देखेरै हो म हजुरप्रति फिदा भएको ।' 

उ एकदमै मुडी थिई । मन लाग्दा घण्टौ सम्म कुरा गर्थी । कहिले काही बोल्दा बोल्दै 'ल अहिले म बिजी भए है' भनेर फोन काट्थी । म उसलाई धेरै नै मायाँ गर्छु की सायद आफुलाई भन्दा पनि बढी । उसको प्रेमले म अगाडी बढ्नुको सट्टा पछाडि सर्न थालेको थिए म । पढाईलाई भन्दा बढी समय म उसलाई नै दिन्थे । उसकै कल पर्खन्थे र भेट्ने दिन कुरेर हतारिन्थे । 

साइबरमा गएर घण्टौ लगाएर इमेल लेख्थे । जसकारण मेरो पढाई बिग्रियो र मैले एक वर्ष गुमाउनु प¥यो । म फेरी काठमाण्डौ आएर एउटा स्कुलमा टिचिङ गर्न थाले । म स्कुल पछिको समय उसैसंग कुरा गरेर इन्टरनेटमा बिताउथे । उ कहिले काही अफलाइन भएको बेला उसैलाई इमेल लेख्थे । हरेक दिन हरेक घण्टा ऊ मरो कल्पनामा नाच्थी । म संगै भविश्यको लागि सपना बुन्थी । उसका हरेक कुरा सुन्न म लालाहित हुन्थे । 

पहिला पहिल ऊ अमेरिकका विभिन्न ठाउँहरुको नाउँ भन्थी । हामी टेक्सास को डलासमा बस्छौ, म गुगल म्यापबाट हेर्थे । उसले गाडी कुदाउन थाली र फोटो एचआइएसमा हाली । म उसको फोटो नयाँ ब्याकग्राउण्ड गलमका साथ हेरेर त्यसै मख्ख पर्थे । हामीविच सम्पूर्ण कुराहरु एक अर्का विच सेयर गथ्र्यौ । लाग्थ्यो सात समुन्द्र पारि भएर पनि ऊ मेरै नजिक र मसंगै छे । उ विनाको कुनै त्यतो क्षण म संग छैन । मैले बनाएको भविश्यको हरेका सपनामा ऊ हासेर आएकी छे ।

अर्को वर्षको मेरो परिक्षा नजिकिदै थिया । पोहोर पनि परिक्षा विग्रेकाले यस वर्ष जसरी भए पनि परिक्षा पास गर्नु पर्ने चुनौती मेरो सामु थियो । उ संग केहि दिन गफ स्थगित गरेर पढ्ने अनुमती मागे । तर परिक्षा पश्चात् जसरी भए पनि आइएलटिएस दिनु पर्ने शर्तकासाथ उसले हुन्छ भनी । म जोडतोड गरेर एउटा बाँकी रहेको बिषय पास गर्छु भनेर लागे । 

उता बुवालाई क्यान्सर भएको र अन्तिम अवस्थामा रहेको कुरा आमाले भरतपुर अस्पतालबाट जानकारी गराउनु भयो । अस्पताल जानु अगाडी खासै ठुलो लक्षण देखिएको थिएन तर अस्पताल धाएपछि रोग पत्ता लाग्यो र बुवालाई घरमा ल्याईयो । म स्कुलको टिचिङ छाडेर पुनः झापा फर्किए । बुवाको सेवा र फुर्सदको समयमा पढ्थे । दुर्भाग्यवस परिक्षाको ठिक १४ दिन अगाडी बुवा वित्नु भयो । मैले बुवाको कर्म काण्ड सकाएर १३ दिनको सेतो लुगा फेरियो । 

१४ औ दिनको परिक्षा पनि दिए । परिक्षा सकिएपछि फेरी घरबाट अलिकती टाढाको स्कुलमा पढाउन थाले । विहान विहान आइएलटिएसको तयारी कक्षा पनि जान थाले र वेलुका ट्युसन पढाउथे । समयको अभावमा कालीसंग मेरो दैनिक बोलचालमा कमी आएता पनि मायाँमा भने अलिकति पनि कमी आएको थिएन । हप्तामा एक÷दुई पटक मात्र फोनमा कुरा हुन थाल्यो । 

आजकाल उ पनि निकै बुझकी जस्ती भएकी छे । पहिले मैले फोनमा बोल्न भ्याईन भने पनि उ रिसाउथी तर आजकाल उ रिसाउन छाडेकी छे । तर मलाई थाहा ऊ चेन्ज भएकी छैन । खाली समय संग बुझ्न सकेकी मात्र हो । हरेक महिनाको मेरो तलवले उसलाई भनेर स–साना गिफ्ट किनेर एउटा झोलामा हाल्थे ।

४ वष पछी उसले नेपाल आउने कुरा गरेकी थिई । मेरो खुसीको सिमा नै थिएन । मलाई भुईमा खुट्टा नभई उडिरहेको महसुस भई रहेको थियो । ऊ आउने दिन तोकियो, मैले पनि स्कुलम विदा लिए ।

लामो समयपछि उनिलाई भेट्ने र दिन आयो म काठमाडौँ गए । आएको थियो भेट भयो सोचे आउने बित्तिकै मलाई झम्टिएर अंगालो मार्छे होला । आएको दिन ऊ सिधैँ मामा घर गइ, उसलाई देख्दा लाग्यो काली त झन् राम्री र ठूली पनि भइछे । आज १ वर्षपछि देख्दै थिए उसलाई तर ऊ हाँसी मात्र मेरो छेऊमासम्म पनि आइन । 

बेलुका छतमा पनि ऊ मसँग त्यति बोल्न चाहिन, मैले सोचे घुर्की होला । अलि परैबाट भनि -'भोलि भेट्म ल ?' मैले हुन्छको भावमा मुन्टो हल्लायो । रातभरि निद्रा लागेन छटपटि भयो । लाग्यो भोलि कहिले आउला ? भो रातभरको छटपटीपछि विहिन आयो, म हत्तपत्त निस्किए । 

स्वयम्भुमा भेट्ने हाम्रो सल्लाह भएको थियो । भेट भएपछि मलाई अंगालो हाल्न खोझे भने, के भन्छे होला ? अनेक कल्पना गर्दागर्दै उसंग भेट भयो । भेट्नेबित्तिकै उसले अरु केहि भनिन् सिधै आफ्नो कुरा सुरु गरी -'म यहाँबाट गएको दोस्रो हप्तामा नै मेरो एउटा नेपाली केटा उमेशसँग भेट भयो । मैले उसमा हजुरलार्इ देख्न थाले ।ऊ पनि नजिकिदै गयो । आदत परेकी म आफूलाई नियन्त्रण गर्न सकिन । फेरि अमेरिकामा त यस्तो कुरा सामान्य रहेछ । म हरेक दिन हजुरसँग कुरा गर्थे । मलाई थाहा थियो हजुरले मलाई माया गर्नुहुन्छ भनेर र म बिना बाँच्न सक्नु हुन्न भनेर। त्यही भएर फोनमा यस्तो कुरा गरिन । म चाहन्थे कि मेरो कारणले हजुरले कुनै गलत कदम नउठाउनुहोस् । अब उमेश र म एक अर्कासित पूर्ण समर्पित भएसकेका छौँ । म अब ऊ बिना बाँच्न सक्दिन । हाम्रो लक्ष्य अब ७ वर्ष पछि बिवाह गर्ने छ । अब हजुरले मलाई बिर्सिदिनुहोस् ।'!!!!!!!!

अब म के गरु ? ऊ चुप भई, तर मेरो मनमा आँधी ल्याइदि उसले । यत्रो दिन म बाचोस् भनेर ढाँटेकी रहेछ । अब मरोस् भनेर सत्य बोले जस्तो लाग्यो । मर्न मन थियो त्यही, तर कताकताबाट नियन्त्रण गरे आफूलाई ।  त्यो दिन म कसरी कसरी घर आईपुगे ? मलाई पनि थाहा भएन । घरमा आमाको अगाडि बसेर चुरोट खान थाले । आमा रुनुभयो -'के गरिस् नि बाबु यस्तो' उहाले निक्कै दुखि हुदै सोध्नुभयो । 

मैले सोचे - आमाको अगाडि के कुकर्म गरौ ? यस्तो कुरा आमासँग गरेभने उहाले मलाई घृणा गर्नुहोला । मेरो हालत देखेर होला आमा आफूले आफुलाई सम्हाल्न नसकेर सानिमाको घरतिर जानुभयो । 

भाइले आफ्नो कुरा टुंग्यायो ।

उसका कुरा रातभरि सुने।  थाेरै त पहिले सुनेको थिए तर उसको कालीलाई भेट्न काठमाडौँ हिडेदेखि मेरो कुरा भएको थिएन । मनमा लाग्दै थियाे अब उनीहरु भेटेर के गर्लान् ? अब के हाेला ?  उसकाे कुरा बेकारमा सुनेछु राम्रो लागेन ,उसकाे पिडा सुनेर अह पटक्कै लागेन । 

भाइको याहु म्यासेन्जरमा रातो बत्ति बल्यो । अफलाइकाे संकेत, भोलिपल्ट मेरो काम थियो ।  कुराले दिनभरि छट्पटिए । विदेशको ठाउँमा काममा बिदा माग्न आँट आएन । घर आउँदा १२ बज्यो । कार्ड किनेर राखेको थिए, घरमा कल गरे । घरकाे फाेन उठ्यो । तर फाेन भाइकाे आमाले हैन, सानोबुबाले फोन उठानुभयो । मैले पहिला नै भाइलाई मागे । उहाँले भन्नुभयो - 'भाइले त अन्तिम बिदा मागरे हिजै बिदा भइसक्यो हामीबाट, उसले झुण्डिएर सुसाइड ग¥यो रे !' 

भाइ यो संसारबाट बिदा भयो रे, म छाँगाबाट खसेजस्तै भए । मैले स्वीकार्न सकिन त्यो कुरा । आखिर निश्चलको प्रेम ऊसँगै मरेर गयो त ? के उसको काली मरोस भनेर सबैकुरा उसलाई सुनाएको थिइ त ? मरेर उसले उसको प्रेम आफैसँग लग्यो त ?

उसले काली र उसको प्रेम बाहेक न आफ्नी आमालाई सम्झ्यो न त अरु परिवारलाई । आखिर के थियो त त्यो प्रेममा जसले ऊ बिना बाँच्न कुनै अर्थ देखेन । यो त थियो प्रेमले गरेको एउटा दुघर्टनाको उदाहरण । म चाहन्छु यस्तो प्रेमले अर्को दुर्घटना नदोहोरियोस् । निश्चलको जिन्दगीजस्तै अरु कसैको जिन्दगी कलिलो उमेरमै नचुँडियाेस ।

प्रेम सबैले गर्छ तर थोरैले मात्र प्रेमलाई विश्वास गर्छन् । निश्चलको प्रेमलाई उसकी कालीले विश्वासघात गरी जसको फलस्वरुप दुर्घटना हुन गयो । अहिले पनि प्रेमको नाममा (फ्लट) जस्ता अनेकाैं शब्दहरू माैलाएकाे देख्न सुन्न सकिन्छ तर बेलैमा सचेत भएर यस्तो दुर्घटनाबाट बच्न सकिन्छ कि ?

यो कथाको पार्ट १ र २ पढ्न छुटाउनु भयो की ?
निश्चल : 'ब्याइफ्रेन्डसँग झगडा भयो' म छाँगाबाट खसे...
निश्चल २ : फोन उठाउनासाथ उसले रुदै भनि- म अमेरिका जाँदैछु, त्यसपछि उ हराई..

,

प्रतिकृया दिनुहोस्

Loading...