प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई लिएर संसद बैठकमै भयो हंगामा

  • काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको भ्रमणको बिषयलाई लिएर संसदभित्र हंगामा भएको छ ।व्यवस्थापिका संसदको बुधबारको बैठकमा देउवाको भारतको भ्रमणको औचित्यमाथि सांसद लक्ष्मण राजवंशीले प्रश्न उठाएपछि हंगामा सुरु भएको हो ।

सांसद राजवंशीले दुई छिमेकी भारत र चीनबीच द्वन्द्व बढिरहेका बेला हुन लागेको प्रधानमन्त्री देउवाको भ्रमणले राम्रो सन्देश नजाने भन्दै उनले अनुपयुक्त समयमा भ्रमण हुन लागेको बताएका छन् । ‘के यो भारत भ्रमण भ्रमणका लागि उपयुक्त समय हो ?’, राजवंशीले प्रश्न गरे, ‘भारत र चीनका सेना एकआपसमा भिड्न खोजिरहेका बेला भारत जान पर्ने कारण के हो ?’

प्रधानमन्त्री देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्दैछन् । देउवाको भ्रमणबारे अरु सांसदहरुले पनि कुरा उठाएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...