नयाँ शक्तिका बरिष्ठ नेता देवेन्द्र पौडेलसहित १५ केन्द्रीय सदस्य पार्टीबाट निष्काशित

  • काठमाडौं । 
नेपकपा माओवादी केन्द्रबाट फुटेर बनेको डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी, नेपालले पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेललगायत १५ नेताहरुलाई पार्टीको सबै जिम्मेवारीहरुसहित साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

शुक्रबार पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एक विज्ञप्ति जारी गर्दै १५ नेताहरुलाई पार्टीबाट निष्काशन गरेको जानकारी दिएका छन् । 

निष्काशित हुनेहरुमा पार्टीका संघीय परिषद सदस्य श्री देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरी चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जना रहेका छन्।


उनीहरुले पार्टी नीति र विचार विपरित कार्य गर्दै आएकोमा पटक–पटक यसो नगर्न सचेत गराई रहँदा पनि उनीहरुले पार्टी विरोधी गतिविधि गरिरहेको हुँदा पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट पनि निष्काशन गरिएको छ,’ भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहको निर्वाचन परिणामपछि निराश भएका नयाँ शक्तिका १५ नेताहरुले पार्टीलाई माओवादीसँग ध्रुवीकरण गर्नुपर्ने माग गर्दै पत्रकार सम्मेलन गरेका थिए । 

२०७४ भदौ २ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...