आज श्रीकृष्ण जन्माष्टमी, देशभर पुजाआजा गरी मनाइदै

  • काठमाडौं । 
आज कृष्ण अष्टमी देशैभरिका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।


कृष्ण भगवानको पूजाअर्चनाका लागि आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा भक्तहरुको भीड लागेको छ ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । 

२०७४ साउन ३० गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...