लाजिम्पाटमा हिँड्दाहिँड्दै करेन्ट लाग्यो, दुबै खुट्टा जलेर लामा घाइते

  • काठमाडौं । 
काठमाडौँको लाजिम्पाटस्थित सडक किनारमा हिँडिरहेका एक पैदलयात्री बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान उत्तरढोका सडकमा हिँडिरहेको बेला करेन्ट लागेर रामेछापको बेथान-३ घर भएका २९ वर्षीय राजु लामा घाइते भएका हुन् । उनका दुबै खुट्टा जलेका छन् । लामाको बीर अस्पतालमा उपचार भइरहेको छ ।

सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा करेन्ट सट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको स्थानीयले बताएका छन् ।

काठमाडौंका सडक किनारका पोलहरुमा जथाभावि टाँगिएका तारमा सट हुने र आगो लाग्ने घटनाहरु सामान्य जस्तै भएका छन् । तर, सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । 

२०७४ साउन १७ गते 

, ,

प्रतिकृया दिनुहोस्

Loading...