एकैदिन माछापुच्छ्रे बैंकले खोल्यो ६ वटा नयाँ शाखा

  • काठमाडाैं । 
माछापुच्छ्रे बैंक लिमिटेड एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखारहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ भने, सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका, तनहुँ जिल्लाको भिमाद नगरपालिका तथा कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ ।

त्यसैगरी बैंकले रुपन्देहीस्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकामा शाखारहित बैकिङ्गसेवा संचालनमा ल्याएको छ ।

बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुटदिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने लगायतका सुविधासमेत उपलब्ध गराएको छ ।

त्यसैगरी बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । यी शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...