नेइमारको उत्कृष्ट प्रदर्शनसँगै पिएसजीको शानदार जित


काठमाडौं ।

फ्रेन्च लिग (लिग वान) अन्तरगत आइतबार राति भएको खेलमा पिएसजीले तुलुजमाथि ६–२ को शानदार जित हासिल गरेको छ । 

पिएसजीमा अनुबन्धित भएपछि पहिलो पटक होमग्राउण्डमा उत्रिएका नेइमारले उत्कृष्ट प्रदर्शन गरेपछि पिएसजी चम्किएको हो । 

खेलको १८ औँ मिनेटमा तुलुजका लागि म्याक्स गार्डेल गोल गर्दै अग्रता दिलाए पनि ३१ औँ मिनेटमा नेइमारले पिएसजीका लागि गोल गर्दै बराबरी बनाएका थिए । नेइमारले दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गरेका थिए । 

यो सँगै उनले फ्रेन्च लिग (लिग वान) को यो सिजनमा ३ गोल पुर्‍याएका छन् । पिएसजीका लागि एड्रियन रेबिओटले ३५ औँ मिनेटमा, एडिन्सन काभानीले पेनाल्टीमार्फत ७५ औँ मिनेटमा, जेभियर पास्तोरले ८२ औँ मिनेटमा र कुर्जावाले ८४ औँ मिनेटमा एक एक गोल गरेका थिए । 

पिएसजीकै खेलाडी थिएगो सिल्भाले भने ७८ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अहिलेसम्म तीन खेल नै जितेर पिएसजी ९ अंकका साथ गोलअन्तरले अंकतालिकाको शिर्षस्थानमा रहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...