बिहिबारबाट पेट्रोलियम पदार्थको विक्री वितरण ठप्प, उपभोक्ता तनावमा


काठमाडौं । 

नेपाल पेट्रोलियमा डिलर्स राष्ट्रिय एशोसिएसनले बिहिबारबाट पेट्रोलियम पदार्थको बिक्रिवितरण नगर्ने घोषणा गरेको छ ।

ढुवानीका क्रममा परिमाण क्षती हुँदा आर्थिक भार परेको भन्दै पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गर्ने घोषणा गरेको हो । उसले आफूलाई परेको आर्थिक भार सरकारले निर्तुपर्ने माग राखेको छ ।

साउन २९ गते भित्र पनि माग पुरा नभए ३० गतेसम्म सबै मौज्दात इन्धन विक्री गरी ३१ गतेबाट देशैभरका पेट्रोल पम्प बन्द गर्ने एशोसिएसनले घोषणा गरेको छ ।

पेट्रोल पम्पहरुको यो निर्णयले उपभोक्ताहरु तनाबमा परेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...