सप्तरीमा १२ जना प्रहरी चढेको भ्यान एम्बुसमा पर्यो, ४ जना गम्भीर घाइते

  • सप्तरी। 
सप्तरीमा गस्तीको लागी निस्किएको १२ जना सवार प्रहरी भ्यान अज्ञात समुहको एम्बुसमा परेको खबर छ ।

शनिबारराती सुरुंगा नगरपालिका वडा नम्बर ५ श्रीपुरमा गस्तीमा रहेको इलाका प्रहरी कार्यालय कडोरवनाको बा १ झ ७३९२ नम्बरको भ्यान एम्बुसमा परेको हो ।

अज्ञात समुहको एम्बुसमा परी भ्यानमा सवार १२ जना प्रहरी मध्ये इन्स्पेक्टर राजेन्द्र यादवसहित ४ जना गम्भीर घाइते भएका छन् । एम्बुस विस्फोट हुँदा भ्याननै उढाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार घाइतेको लहान अस्पतालमा उपचार भइरहेको छ ।

२०७४ साउन २२ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...