क्रान्तिकारीले निलम्बन गरेपछि सचिवले छोडे पार्टी, यस्तो छ कारबाहीको कारण

  • काठमाडौं। 
विप्लव नेतृत्वको कमुनिष्ट पार्टी निकट क्रान्तिकारीका केन्द्रीय सचिव रहेका राम बहादुर बिकलाई संगठनले निलम्बन गरेपछि उनले पार्टी छाडेका छन् । 

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक प्रेस नोट जारी गर्दै उनले पार्टी परित्याग गरी स्वतन्त्र बसेको घोषणा गरेका हुन् ।

यता क्रान्तिकारीले भने उनले संगठन र पार्टीको निती बिपरित गतिविधि गर्दै आएको र आर्थिक हिनामिना गरेले उनलाई पार्टी र संगठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएको छ । 

संगठनका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर सिंहले आइतबार एक बक्तब्य जारी गर्दै उनलाई पहिला नै पार्टी र संगठनका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेपछि बिकले पार्टी छोडेको प्रेस नोट जारी गरेको बताएका छन् ।

यस्तै क्रान्तिकारीले सिटिइभिटीमा सहायक परिक्षा नियन्त्रकमाथि कारबाही गर्दा संगठनको अनुसासन उल्लंघन गर्दै वक्तव्यवाजी गरेको भन्दै सिटिइभिटी जिल्ला अध्यक्ष टिकाराम सुनारलाई पनि कारबाही गरिएको जानकारी दिएको छ।



,

प्रतिकृया दिनुहोस्

Loading...