गृहमन्त्री गरे एकैसाथ ७० एसपीको सरुवा, को कहाँ परे (हेर्नुहोस् सूचीसहित)

  • काठमाडौं ।
गृहमन्त्री जनार्दन शर्माले प्रहरी प्रशासनलाई व्यवस्थित गर्ने काममा तीव्रता दिएका छन् । यसैबीच मंगलबार ७० प्रहरी उपरीक्षकहरुको एकैसाथ सरुवा गरिएको छ । आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।

यस्तै पछिल्लो समय सप्तरीको मलेठ घटनापछि विवादित बनेका प्रहरी प्रमुख एसपी दिवेश लोहनीको महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स महाशाखा रानीपोखरीमा सरुवा भएको छ ।सरुवा भएका प्रहरी उपरीक्षकहरुको सूची यस्तो छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...