प्रचण्डसँग ‘रअ’ प्रमुखको कडा टक्कर, मिसन पुरा नगरेपछि दिल्लीले बोलायो फिर्ता !


  • काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण आफ्नो मिसन असफल भएपछि दिल्लीले भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएको छ ।

भारतीय मिसन पूरा गर्न खोज्दा जोहरीको प्रचण्डसँग टक्कर नै परेको थियो । प्रचण्डले भारतीय दबाब छिचोल्दै चीनसँग ओबीआर लगायत महत्वपूर्ण सम्झौता गरेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले ‘रअ’ का नेपाल प्रमुख जोहरीलाई दिल्ली फिर्ता तानेको हो ।

जोहरीलाई डेढ वर्षअघि लण्डनबाट सरुवा गरेर चुनाव सार्न र चीनसंग वान बेल्ट वान रोडको सम्झौता हुन नदिने मिसनसहित काठमाडौं पठाइएको थियो । 

सोही अनुसार उनले तत्कालिन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग मधेसीलाई पनि समेटेर जानुपर्छ भन्दै चुनाव सार्न र चीनसँग सम्झौता रोक्न दबाब दिएका थिए । 

यसमा देउवा सकारात्मक देखिएपनि प्रचण्डसँग जोहरीको टक्कर पर्यो । यद्यपी प्रचण्ड बाहेक देउवा र माओवादीका अन्य नेताबाट सहयोग मिल्ने भन्दै उनले नेपालमा चुनाव नहुने र चीनसंगको सम्झौता पनि नहुने रिपोर्ट दिल्ली पठाइदिए । तर, एक्कासी चुनावको मिति घोषणा र चीनसँग ओबिआरमा हस्ताक्षर भएपछि भारत प्रचण्डसँग झस्कियो । 

जोहरीसँग त पहिल्यै प्रचण्डको टक्कर परिसकेको थियो । दिल्लीमा खैलाबैला भयो । स्रोतका अनुसार मिसन पूरा नगरिकनै रिपोर्ट पठाएको भन्दै जोहरीमाथि कारवाही गर्ने निर्णय भयो । र, सुरक्षा सल्लाहकार अजित डोभालसँगको सल्लाहमा प्रधानमन्त्री मोदीले जोहरीलाई फिर्ता बोलाउने कदम चाले ।

जोहरी काठमाडौंस्थित दुतावासमा कन्सुलर डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । तराई मामलाका जानकार समेत रहेका जोहरीलाई लण्डनबाट काठमाडौँ सरुवा गरिएको थियो । उनले यसअघि काठमाडौँस्थित भारतिय दूतावासमा एजुकेशन सेक्सनमा समेत काम गरेका थिए ।

यता प्रचण्डले दुवै छिमेकीलाई सन्तुलनमा राखेर सम्बन्ध बढाएपछि भारत उनीसँग पनि असन्तुष्ट बनेको बताइन्छ । 

प्रचण्डले यसअघि भारतीय नेता भगतसिंह कोश्यारीलाई बालुवाटारमा भेट दिएका थिएनन् । परराष्ट्र मन्त्रालयमार्फत समय लिएर आउन भन्दै प्रचण्डपुत्र प्रकाशले सचिवालयबाटै भेट्न आएका कोश्यारीलाई फर्काइदिएका थिए ।

नेपाल पाना

, ,

प्रतिकृया दिनुहोस्

Loading...