एकताको हल्ला चलिरहेको बेला बाबुराम भट्टराइलाई किन सुटुक्क भेट्न गए प्रचण्ड ?

  • काठमाडौं ।
एकताको हल्ला चलिरहेका बेला ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराई भेट्न सुटुक्क निवासमा पुगेका छन् ।

अप्रेसनपछि आराम गरेर बसेका नेता भट्टराईलाई भेट्न प्रचण्ड शनिबार दिउँसो एकाएक टोखास्थित भट्टराईले आराम गरेको निवासमा पुगेका थिए । २ घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरे । अध्यक्ष प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई जानकारी गराएका थिए ।

भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गरेका थिए । दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी जनाएको छ ।

२०७४ साउन २८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...