ओपन टेनिसको दोस्रो चरणमा उक्लिए विश्व नम्बर एक नाडाल


काठमाडौं । 

विश्व नम्बर एक टेनिस खेलाडी राफेल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा उक्लेका छन् ।

अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसअन्तर्गत पहिलो चरणको खेलमा सर्वियाका डुसान लाजोभिचलाई ७–६, ६–२ र ६–२ ले हराउँदै नाडाल दोस्रो चरणमा पुगेका हुन् ।

पुरुष एकलकै अन्य खेलमा अमेरिकी खेलाडी सान्डग्रेनलाई हराउँदै क्रोएसियाका मारिन सिलिच, फ्रान्सका जायल्स सिमोनलाई हराउँदै अमेरिकाका साम क्वेरे, रुसमा ड्यानिएल मेदभेदेभलाई हराउँदै क्यानडाका सापोभालोभ र रोमानियाका मारियस कोपिललाई हराउँदै फ्रान्सका जो विल्फ्रेड सोङ्गा पनि दोस्रो चरणमा पुगेका छन् ।

त्यस्तै महिला एकलतर्फ शिर्ष वरियताकी कारोलिन प्लिस्कोभा पनि दोस्रो चरण पुगेकी छिन् । चेक रिपब्लिकनकी प्लिस्कोभाले पोल्याण्डकी माग्दा लिनेटेलाई ६–२ र ६–१ को सेटमा हराइन् । 

डिफेन्डिङ च्याम्पियन एन्जेलिक कर्बर भने पहिलो चरणबाटै बाहिरिएकी छिन् । छैठौँ वरियताकी जर्मन कर्बर जापानकी नाओमी ओसाकासँग् पराजित भइन् । ओसाकाले उनलाई ६–३ र ६–१ को सोझो सेटमा हराइन् ।

२०७४ भदौ १४ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...