उम्मेदवार छनौटबारे विवाद बढ्दा राजपाको दुई समुहबीच कुटाकुट

  • वीरगञ्ज । 
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय अध्यक्ष मण्डलले निर्वाचनमा सहभागी हुने निर्णय गरेपनि पार्टी भित्रै नेता कार्यकर्ता एक आपसमै भिड्न थालेका छन् । 

महासचिव मनीष सूमन केन्द्रमै बसेर निर्णय विरूद्ध लडिरहेका छन् भने जिल्लामा कार्यकर्ता पनि टिकटलाई लिएर एकआपसमा भिडेका हुन् ।

असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा कसले मेयर पद पाउने भन्ने विषयलार्इ लिएर शुक्रबार पर्सामा राजपाका दुई समुहबीच झडप भएको छ । 

वीरगञ्ज महानगरपालिकाको मेयर छनौटका विषयमा दुई समूहमा रहेका राजपाका कार्यकर्ताबीच होटेल कुमुमा झडप भएको प्रहरीले जनाएको छ ।

उम्मेदवार छनौट र चुनावी रणनीतिको विषयमा छलफल गर्न वीरगन्जको होटेल कुमु प्यालेसमा आयोजित राजपाको बैठक अगावै मेयर पदका अकाक्षी उमेद्ववारको रूपमा रहेका राजेशमान सिंह तथा बिमल श्रीवास्तव समूहबीच विवाद भई झडप भएको थियो ।

२०७४ भदौ ९ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...